अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको गोदावरी धामलाई आरती वितरण गरिएको छ । गोदावरी नगरपालिका– १० ले धामलाई २ वटा आरती वितरण गरेको हो ।

वडाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममार्फत विनियोजित बजेटबाट धामलाई आरती वितरण गरिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले जानकारी दिए । उनले वडाबाट मन्दिरको लागि छुट्याईएको बजेटबाट धामलाई आरती वितरण गरिएको बताए ।

उनका अनुसार वडाले धाममा रहेको पञ्च दशनाम जुना अखडा शिव भगवती मन्दिर गोदावरी तिर्थधामलाई आरती प्रदान गरिएको थियो । धाममा आरती गर्नका लागि सहजता होस भन्ने हेतुले सो कार्य गरिएको उनको भनाई छ ।

















