खाेज्नुहाेस

कैलालीमा अवैध बालुवा उत्खनन गरिरहेका ५ ट्याक्टर र १ जेसीबी नियन्त्रणमा

Image

अत्तरिया – कैलाली प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न सवारी साधनमाथि कारबाही गर्दै ५ वटा ट्याक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिका क्षेत्रका विभिन्न नदी तथा खोलाबाट अनुमति बिना बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले अनुगमन तथा छापा अभियान सञ्चालन गरेको थियो ।

attariya hospital

सो क्रममा अवैध उत्खनन तथा ढुवानीमा प्रयोग भइरहेको ५ वटा ट्याक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई थप प्रभावकारी बनाइने जनाएको छ । साथै अवैध उत्खनन तथा ओसारपसारका गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।