खाेज्नुहाेस

धनगढीमा घरको छतबाट लडेर एक युवकको मृत्यु

Image
सांकेतिक फोटो

धनगढी – कैलालीकाे धनगढी उपमहानगरपालिका–२ मिलनचोकका ३१ वर्षीय गोपाल साउदको घरको छतबाट लडेर मृत्यु भएको छ।

navjiwan hospital

आइतबार दिउँसो आफ्नै तीनतले घरको छतबाट लडेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

attariya hospital

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।