धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाकी १८ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति ती तीन जनाले किशोरीलाई खेतबारी क्षेत्रमा लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ । घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गराएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

जेठ २४ गते अपराह्न ३ बजे अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरण सिंह बुढाथापाको कमाण्डमा खटिएको टोलीले आरोपित तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।
















