धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ।

शुक्रबार अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी ३३ हजार ५ सय रुपैयाँ बराबरका मिठाई, धोती, पानीपुरी, प्लास्टिक झिल्ली लगायतका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त सामान अवैध रूपमा भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याइएको थियो। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जनाएको छ।
















