खाेज्नुहाेस

कैलाली कञ्चनपुरमा लागूऔषध सहित ८ जना पक्राउ

Image
सांकेतिक फोटो

धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरबाट ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित बैतडीको पाटन नगरपालिका–८ का ३३ वर्षीय इन्द्रबहादुर बिष्ट र कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का २५ वर्षीय सुशील थापा मगरलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी कैलालीगाउँबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूबाट उक्त पदार्थ बरामद गरेको हो।

attariya hospital
navjiwan hospital

यस्तै, धनगढी उपमहानगरपालिका–३ बाट नियन्त्रित लागूऔषध स्पास (ट्रामाडोल) २९ ट्याब्लेटसहित सोही स्थानका २३ वर्षीय रितेश थापालाई सोमबार दिउँसो पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो।

त्यसैगरी, भजनी नगरपालिका–६ बिसनपुरबाट ६ ग्राम २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित टिकापुर नगरपालिका–७ का २३ वर्षीय राजबिन महतो र एक १८ वर्षीय किशोरलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका–१० बनपुरुवाबाट २ ग्राम १२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई सोमबार राति पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लाका २३ वर्षीय लोकेन्द्र राना, २४ वर्षीय सुरेन्द्र राना र एक १८ वर्षीय किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले डीएल–३ एसएफभी–२३२४ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेको थियो। प्रहरीले लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।