अत्तरिया – कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार साँझ घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका भुललाई उपचारका लागि भल्का अस्पताल, लम्की लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

















