खाेज्नुहाेस

गौरीगंगाबाट ९ जुवाडे पक्राउ

Image

अत्तरिया – कैलालीको गौरीगंगाबाट ९ जुवाडे पक्राउ परेका छन । गौरीगंगा नगरपालिका– ४  राजिपुर बझाङी टोलका जगत धामीको घरको बैठक कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन ।

navjiwan hospital

पक्राउ पर्नेमा ४८ वर्षीय जगत धामी सहित स्थानीय २९ वर्षीय कृष्ण गुरुधामी, ३७ वर्षीय खेमराज पोखरेल, ३५ वर्षीय शंकर धामी, ३० वर्षीय गोपाल, गौरीगंगा–१ का ३४ वर्षीय प्रकाश भुल, चुरे गाउँपालिका–१ का ४४ वर्षीय जयबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ का ६६ वर्षीय तेजबहादुर बोगटी र बैतडीको पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालु सिंह धामी रहेका छ्न ।

attariya hospital

पक्राउ परेकाहरुको साथबाट १ लाख ७९ हजार २०, तासका ४ गड्डी र ८ थान मोबाइल बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।