धनगढी – नेपालको अर्थतन्त्रमा सुदूरपश्चिमको योगदान ७ प्रतिशत रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सो तथ्य सार्वजनिक गरिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा बागमत प्रदेशको ३६.७ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ । यस्तै कोशीको १५.८ प्रतिशत, लुम्बिनीको १४.२ प्रतिशत, मधेशको १३.१ प्रतिशत, गण्डकीको ९ प्रतिशत रहेको छ ।

आर्थिक सर्वेक्षण नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ डलर पुग्ने अनुमान छ ।


















