खाेज्नुहाेस

बडेहा बिजौरा खानेपानीको दोस्रो साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष चेतराज पन्तको सभापतित्वमा सम्पन्न सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम रहेका थिए भने कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नं. ६ का वडाध्यक्ष जग्गुराम चौधरी रहेका थिए ।

attariya hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थराज्यमन्त्री बमले मानिसको जिवनका लागि हावापछिको दोस्रो सबैभन्दा आवश्यक चिज शुद्ध खानेपानी भएको बताए । उनले खानेपानीले नै मानिसलाई जिवन्त र स्वस्थ रहन सहयोग पु¥याउने बताए । उनले विगतमा कुवा र नाउलोको दुषित पानी पिउनुपर्ने बाध्यता हटाउनका लागि सरकारले अहिले घरघरमा खानेपानीको व्यवस्था गरेको बताए । उनले मानिसको बाँच्न पाउने अधिकार पहिलो अधिकार भएको र त्यसका लागि पनि पानी आवश्यक भएको उल्लेख गरे ।

navjiwan hospital

फरक प्रसंगमा बोल्दै उनले आफूले आफ्नो निर्वाचन क्षेत्रमा हालेका योजनाहरुको बारेमा जानकारी दिए । उनले आफूले चालु आर्थिक वर्षमा मात्रै आफूले २५२ वटा योजनाहरु आफ्नो क्षेत्रमा हालेको बताए । उनले विगतमा पनि मन्त्री, राज्यमन्त्री तथा सांसदहरु बनेका भएपनि यो क्षेत्रमा त्यति धेरै बजेट विनियोजन भएको आफूले नसुनेको बताए । उनले काम गरेको भएपनि धेरैलाई त्यो विषयमा जानकारी नै नहुनु भने चिन्ताको विषय भएको बताए । ‘यहाँ धेरै योजनाहरु बनेका छन, रकम विनियोजित पनि भएको छ, तर धेरैलाई यो कुरा थाहा हुदैन’ उनले भने ‘यसले यो रकम दिएको हो, यता बाट आएको भन्ने विषयमा कसैले प्रचार पनि नगर्दाे रहेछ, त्यो कुराले अलि चिन्ता चाँही लाग्छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष चेतराज पन्तले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा गोदावरी नगरपालिका– १, ५ र ६ का २ हजार ५०० उपभोक्ताहरु आवद्ध रहेको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पन्तले जानकारी दिए । उनले संस्थामा हाल २ लाख २५ हजार लिटर क्षमता भएको ट्यांकी रहेको र सो ट्यांकीको पानीले ९०० घरधुरीलाई स्वच्छ खानेपानी वितरण गर्न सफल भएको बताए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष चित्रा कुमारी भट्टले प्रस्तुत गरेकी थिईन । कोषाध्यक्ष भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाले सो आर्थिक वर्षमा ३ करोड ४२ लाख ७५ हजार ६५५ रुपैया बराबरको कारोबार गरेको छ ।

संस्थाका उपाध्यक्ष गिरीराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव उत्तम महराले गरेका थिए ।