नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ। बुधबार तोलामा सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।


बुधबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा पाँच हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार सात सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको छ।



















