खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट लागू औषध सहित चार जना पक्राउ

Image

अत्तरिया – कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । मंगलबार गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरबाट २५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरी, २५ वर्षीय सन्देश डगौरा र २० वर्षीय बिनोद चौधरी रहेका छन् ।

attariya hospital
navjiwan hospital

इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँ मैलीबाट १४ ग्राम ८४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित बेलडाँडी गाउँपालिका–१ रौलेश्वर बस्ने २२ वर्षीय हरेन्द्र साउँद पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका साउँदलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।