खाेज्नुहाेस

कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि

Image

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा यस वर्ष २.१ प्रतिशतले गहुँ उत्पादनमा वृद्धि भएको हो ।

navjiwan hospital

उन्नत जातको बिउविजन र सिँचाई सुविधाका कारण यस वर्ष जिल्लामा गहुँ उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले बताए । उनले यस वर्ष गहुँको उत्पादकत्व पनि वृद्धि भएर ३.४ प्रतिहेक्टर पुगेको बताए । उनका अनुसार यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा एक लाख छ हजार ११४ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

attariya hospital

जिल्लामा सिँचाई सुविधा नभएका स्थानमा ज्ञान केन्द्रले अनुदानमा सिँचाई सुविधा उपलब्ध गराउदै आएको उनले बताए । उनका अनुसार उन्नत बीउ, प्रविधिमा पहुँच र सिँचाइ क्षेत्र विस्तार भएका कारण गहुँको उत्पादकत्वमा वृद्धि भएको हो । उनले सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ प्रदान गर्दै आएको समेत बताए । त्यतिमात्रै नभई गहुँखेतीको समयमा किसानले समयमै रासायनिक मल उपलब्धताले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।