खाेज्नुहाेस

कैलालीमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस मनाइँयो

Image

धनगढी – कैलालीमा नेपाल कम्युनिस्ट पार्टी को स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेकपा एमाले कैलालीले स्थापना दिवसको अवसरमा श्रद्धाञ्जली तथा सामाजिक सेवा सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

बुधबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सहित दिवंगत नेताहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । कार्यक्रममा पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, सचिव रणबहादुर चन्द र जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेता नारदमुनी राना लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

attariya hospital

त्यसपछि स्थापना दिवसकै अवसरमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल मा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रमका क्रममा कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले स्थापना दिवसले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक योगदानलाई स्मरण गराउने उल्लेख गर्दै जनताको सेवा र समाज रूपान्तरणका लागि पार्टी अझ सक्रिय भएर लाग्नुपर्ने बताए ।

उनले पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको समानता, सामाजिक न्याय र जनअधिकारको एजेन्डालाई वर्तमान सन्दर्भमा अझ सशक्त रूपमा अगाडि बढाउन आवश्यक रहेको पनि धारणा राखे ।