धनगढी – सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश अनुसार तत्काल प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासङ्घका प्रदेश तथा कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटघाटको क्रममा सो कुरा बताएका हुन ।

उनले भाद्र २३ र २४ गतेको नव युवाको आन्दोलनको भावना अनुसार संघ सरकार निर्माण भए जसरी नै स्थानीय र प्रदेश सरकारको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्नेमा जोड दिए । उनले त्यसका लागि संघ सरकारले वातावरण निर्माण गर्नुपर्ने बताए ।
अर्को प्रसङ्गमा बोल्दै मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताए ।


















