दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत २ जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जिप दुर्घटनामा सो कार्यालयमा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो ।

सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरिरहेको थियो । प्रहरीका अनुसार ६ जना सवार रहेका थिए । उनीहरुको कामको सिलसिलामा ओसिलतर्फ गइरहेका थिए ।















