अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत प्रतिनिधि सभा निर्वाचनको समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत बढेको छ । समानुपातिकको मत गणना सकिदा रास्वपाको प्रत्यक्ष भन्दा समानुपातिकमा १३ सय मत बढेको हो ।
रास्वपाको प्रत्यक्ष तर्फका उम्मेदवार खेम राज कोइराला प्रत्यक्षमा २८ हजार ५५६ मत पाएर विजयी भएका थिए । समानुपातिकमा भने यो क्षेत्रमा रास्वपाले २९ हजार ८५६ मत पाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भने प्रत्यक्ष भन्दा समानुपातिकमा मत घटेको छ ।

कांग्रेसका गोरख बहादुर विष्टले प्रत्यक्षमा ११ हजार ३०१ मत पाउँदा समानुपातीका भने कांग्रेसले ११ हजार १४ मत मात्रै पाएको छ । यस्तै एमालेका लेख राज भट्टले प्रत्यक्षमा ९ हजार ४४४ मत पाउँदा समानुपातिकमा भने एमालेले ८ हजार ५६५ मत मात्रै पाएको छ ।

नेकपाका हरि राम चौधरीले प्रत्यक्षमा ५ हजार ६०९ मत पाउँदा समानुपातिकमा नेकपाले ५ हजार १०७ मत पात्रै पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भने रास्वपा जस्तै प्रत्यक्ष भन्दा समानुपातिकमा बढी मत आएको छ ।
राप्रपाका कमल रजवारले प्रत्यक्षमा १ हजार ३५८ मत ल्याउँदा समानुपातिकमा राप्रपाले २ हजार ४९५ मत ल्याएको छ । यस्तै नाउपा नेपाल र श्रम संस्कृति पार्टीको पनि प्रत्यक्ष भन्दा समानुपातिकमा बढी मत आएको छ ।
नाउपा नेपालका धन बहादुर सुनारले प्रत्यक्षमा ६७५ मत ल्याउँदा समानुपातिकमा नाउपा नेपालले ९५५ मत पाएको छ ।
श्रम संस्कृति पार्टीका भीम बहादुर थापा मगरले प्रत्यक्षमा ३७९ मत ल्याउन समानुपातिकमा श्रम संस्कृति पार्टीले ७२४ मत ल्याएको छ ।

















