धनगढी– यही फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुदूरपश्चिमको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । अन्तिम मतपरिणाम अनुसार सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा बढी १० निर्वाचन क्षेत्रबाट रास्वपाले जित हासिल गरेको छ । अन्य ६ सिटमा कांग्रेस र एमालेले ३/३ सिट जितेका छन ।

निर्वाचनमा १६ सिटका लागि सुदूरपश्चिममा २०६ जनाले उम्मेदवारी दिएका थिए । विभिन्न पार्टीबाट मात्रै नभई स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या पनि उत्तिकै थियो । मतपरिणाम पछि निर्वाचनमा उठेका २०६ जना मध्ये १९० जनाले हार बेहोर्नुपरेको छ ।

सुदूरपश्चिमका १६ सिटका लागि कुल २०६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका भएपनि १६ जनाले मतदाताको विश्वास जितेर संसद्को ढोका खोलेका छन् भने बाँकी १ सय ९० जना उम्मेदवारहरू पराजित भएका छन् । पराजित हुने १९० जनामा कतिपय स्थापित नेताहरू र कतिपय पहिलो पटक चुनावी अनुभव बटुलेका युवा तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।

















