खाेज्नुहाेस

सुदूरपश्चिममा १० सिट जित्दै रास्वपा पहिलो, कांग्रेस एमालेलाई ३/३ सिट

Image

अत्तरिया – प्रतिनिधि सभा निर्वाचन अन्तरगत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिममा ठुलो दल बनेको छ । प्रदेशका १६ सिटको अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले १० सिटमा जित हात पादै पहिलो बनेको छ । नेपाली कांग्रेस र नेकपा एमालले ३÷३ सिट जितेका छन ।

रास्वपाले कैलाली कञ्चनपुरमा क्लिन स्वीप गरेर ८ सिट र डडेल्धुरा, बैतडीबाट २ सिट गरी १० सिटमा जित हात पारेको हो ।

attariya hospital

जसअन्तर्गत कैलालीमा रास्वपाले पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपा फराकिलो मतान्तर सहित विजयी भएको छ । कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत सहित विजयी भएकी छिन । यहाँ उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका थिए ।
कैलाली २ मा रास्वपाका केपी खनाल विजयी भएका छन् । उनी १९ हजार ५७ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पति राम चौधरीले ११ हजार ९४९ मत ल्याएका छन् ।

कैलाली ३ मा रास्वपाका उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन् । जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् ।

कैलाली ४ मा रास्वपाका खेम राज कोइराला विजयी भएका छन् । २८ हजार ५५६ मत सहित उनी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत ल्याएका छन् ।

कैलाली – ५ मा रास्वपाका आनन्द बहादुर चन्दले विजयी भएका छन् । ३१ हजार ९५३ मत ल्याएर चन्द विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।

तीन सिट रहेको कञ्चनपुरमा पनि रास्वपा फराकिलो मतान्तर सहित विजयी भएको छ ।

कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी बिना मगरले ११ हजार ११० मत ल्याइन् ।

navjiwan hospital

कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी भएका छन् । उनी ३३ हजार ९५२ मत ल्याएर विजयी भएका हुन । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत पाएका छन् ।

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । उनी २७ हजार ११८ मतसहित विजयी भएका हुन । नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।

डडेल्धुरामा रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । जोशी १९ हजार १३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

बैतडीबाट रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याएका छन् ।

कांग्रेसले अछाम १, बाजुरा र डोटीमा जित हात पारेको छ । अछाम १ मा नेपाली कांग्रेसका भरतकुमार स्वाँर विजयी भएका हुन । उनी १० हजार ७५९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २३३ मत पाए ।डोटीमा नेपाली काग्रेसका भरतबहादुर खड्का विजयी भएका छन् । १४ हजार ८ सय १७ मत प्राप्त गरेर खड्का विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपक धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन् ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरी विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।

एमालेले अछाम २, दार्चुला र बझाङमा जित निकालेको छ । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्ना १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत पाएका छन् ।

बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर निर्वाचित भएका छन् । उनी १८ हजार ५ सय ४३ मत ल्याएर विजयी भएका हुन । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याएका थिए ।

अछाम २ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार ९ हजार ५१८ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए ।