खाेज्नुहाेस

कैलाली ४ मा रास्वपाले प्रत्यक्ष भन्दा समानुपातिकमा झन् बढी मत ल्याउँदै

Image

अत्तरिया – प्रतिनिधि सभा निर्वाचन अन्तरगत कैलाली क्षेत्र नम्बर ४ मा समानुपातिक तर्फको मत गणना सुरु गरिएको छ । आइतबार साँझ ६ बजे सम्म समानुपातिक तर्फ मोहन्यालको एक वडा र चुरेका ५ वडाको गरी ६ हजार १२० मत गणना गरिएको छ ।

जसमा प्रत्यक्षमा पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै अग्रता लिएको छ । ६ वडाको मत गणना गर्दा रास्वपाले प्रत्यक्ष भन्दा समानुपातिकमा झन् बढी मत ल्याएको छ । मोहन्यालको वडा नम्बर ५ र चुरेका १,२,४,५ र ६ नम्बर वडामा प्रत्यक्षतर्फ रास्वपाले १ हजार ६०६ मत ल्याएकोमा समानुपातिक तर्फ १ हजार ७८८ मत ल्याएको छ ।

attariya hospital
navjiwan hospital

अन्य प्रत्यक्षमा दोस्रो तेस्रो र चौथो बनेका क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भने समानुपातिकमा प्रत्यक्ष भन्दा मत घटेको छ ।

सो वडामा नेपाली कांग्रेसले प्रत्यक्षमा १ हजार ४३५ मत ल्याएकोमा समानुपातिकमा १ हजार २४४ मत मात्रै आएको छ ।

यस्तै एमालेले प्रत्यक्षमा १ हजार ५५९ मत ल्याएकोमा समानुपातिकमा १ हजार ४३९ मत ल्याएको छ ।

यस्तै नेकपाले प्रत्यक्षमा ५८० मत ल्याएकोमा समानुपातिकमा ५७० मत ल्याएको छ ।