खाेज्नुहाेस

सुदूरपश्चिमलाई जोड्न बाँकी छ : बालेन शाह

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई नेपाल सँग अझै जोड्न बाकी रहेको बताएका छन । बुधबार धनगढीमा आयोजना गरिएको रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

‘मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन् स्विजरल्याण्डको बाउ बढी मालिका यहीँ छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ? स्विजरल्याण्डको पराकाष्ठा रामा रोसन यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ? खप्त नेशनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ?’ उनले भने ‘हामी नेपालीहरू माल भको चाल न पाको मान्छेहरू पर्यौँ । भाको चिज देखाउनै सक्या छैन । सुदूरपश्चिमलाई जोड्नै सक्या छैन ।’

attariya hospital
navjiwan hospital

उनले सुदूरपश्चिमलाई काठमाण्डौं सम्म जोड्नका लागि यहाँको गित काठमाण्डौंका चोक चोकमा बज्नुपर्ने बताए । ‘सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन, सुदूर पश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ, आठ लाख सब्सक्राइबर भको, एक मिलियन सब्सक्राइबर भको । तर, त्यो गीत काठमाडौँको चोकचोकमा बच्दैन’ उनले भने ‘जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग जोडिन्छ । सुरुमा त गीत बज्नु पर्यो त्यसपछि आवाज बच्छ त्यसपछि माग पुरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ तर, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा । सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा ।’

उनले खल्तीमा पैसा नभको विपन्न गरिबले शिक्षा पाउनु पर्ने, खल्तीमा पैसा नभको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्ने रास्वपाको ऐजेण्डा भएको बताए । उनले दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्ने आफ्नो ऐजेण्डो भएको बताए ।

उनले आफु धेरै बोल्ने भन्दा पनि काम गर्ने मान्छे भएकाले भोट माग्न भन्दा काम काम माग्न आएको बताए । उनले भने ‘तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो, के छ तपाईँहरूको काम हाम्रो उम्मेद्वारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु ।’

कार्यक्रममा बोल्दै पार्टीका सभापति रवी लामिछानेले अहिले मनपत्रमा छाप लगाए झै फागुन २१ गते मतपत्रमा पनि छाप लगाउन आग्रह गरे । उनले जनताको मत मार्फत कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन बन्द गरिदिने बताए ।
उनले सुदूरपश्चिमका मुद्दा र मागलाई अल्झाउने काम बन्द हुनुपर्ने बताएका छन् । उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ ।’