खाेज्नुहाेस

कृष्णपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला हुने

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा जाँत (मेला) लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन हुने जाँत मेला यस वर्ष पनि माघ ११ गते लाग्ने भएको हो ।

navjiwan hospital

जाँत अघि पञ्चमीका दिन माघ ९ गते ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका – १२ बड्डीमछेली (कुमीझाल) मा मेला लाग्ने स्थानीय जीवन राज भट्टले बताए । त्यसको भोलिपल्ट माघ १० गते राती रतेडी भई माघ ११ गते मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा मेला लाग्ने उनले बताए ।

attariya hospital

यस मन्दिरमा लाग्ने मेलाको दर्शन गर्न कञ्चनपुर कैलाली सँगै डोटी, डडेल्धुराबाट पनि दर्शनार्थी आउने गरेका छन् । यहाँ दर्शन गर्नाले मनले चिताएको पुरा हुने जनविश्वास रही आएको छ ।

ग्वासी समैजी मन्दिर कृष्णपुर नगरपालिका गुलरिया बजारबाट झन्डै ७ किलोमिटर उत्तर पट्टी रहेको छ । यसैबिच मन्दिरको विकासका लागि चैत्र ६ गते देखि १६ गते शिव महापुराण एवम् महारुद्र विराट महायज्ञ लगाइने जनाइएको छ ।