अत्तरिया – कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन । शनिबार टीकापुर नगरपालिका – ९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका – १ एकतानगरका २३ वर्षीय नरेश परियार र सोही वडाको ब्लक नम्वर ६ बस्ने ३० वर्षीय गिर्जा बजगाई पक्राउ परेका छन । उनीहरुको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी धनगढी उपमहानगरपालिका – १० बनकट्टी घाटबाट २० वर्षीय मुनिस राना र २० वर्षकै अविशेक राना पक्राउ परेका छन । उनीहरुको साथबाट पनि १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरीको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ ऐठपुरबाट भीमदत्त नगरपालिका – ८ का २० वर्षीय अमित खत्री र सोही पालिकाको वडा नम्बर ७ का १८ वर्षीय किशोर पक्राउ परेका छन । उनीहरुको साथबाट २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।















