
कञ्चनपुर – कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुरले २०८१ फागुन २१ गते चोरी मुद्दामा ४ महिना ४ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका – १ झरनासागरका ३० वर्षीय मनोज सिंह कुवर पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको थियो ।


















