खाेज्नुहाेस

छाङरु र टिंकरको मतदान सदरमुकाममै हुने

Image

दार्चुला – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ। गत मंसिरमा यहाँका दुवै गाउँका बासिन्दा बसाइँ (कुञ्चा) सरेर खलङ्गा आएका कारण निर्वाचन खलंगामै हुने भएको हो ।

२०७९ को स्थानीय तह निर्वाचन छाङरु र टिंकरकै मतदान केन्द्रमा भएको थियो। यसपटक स्थानीयको बसाइँसराइ सरेको कारण दुवै मतदान केन्द्र खलंगामै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। व्यास-१ छाङरु र टिंकरमा दुई वटा मतदान केन्द्र कायम छन्।

attariya hospital
navjiwan hospital

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार कैलाशपति आधारभूत विद्यालय छाङरुमा ३७५ जना र मोतिमहिला संघ आधारभूत विद्यालय टिंकर केन्द्रमा २४४ जना मतदाता छन् ।

२०७९ मा भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा छाङरुको मतदान केन्द्रमा ३८३ र टिंकरमा २३४ जना मतदाता थिए।

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि दार्चुलामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन्। जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तोकिएकामध्ये २२ मतदान केन्द्र अति सम्वेदनशील सूचीमा राखिएको छ।