दार्चुला – भारतले नेपालको दार्चुला सँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि बुधवार बिहान सवा ८ बजेदेखि बिहीबार बिहान सवा १० बजेसम्म बाँधको ढोका खोल्ने भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाललेजारी गरेको सूचनामा १९ गते बिहान सवा ८ बजे देखि २०गते बिहान सवा १० बजेसम्म महाकाली तटीय क्षेत्रमा पूर्व सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ ।

भारतले विशेष गरी बर्सातको बेला धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने गरेको छ ।




















