दार्चुला – दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार जिल्ला सदरमुकाम नजिक रिङ्नेताल नजिक साइकलबाट लडेर महाकाली नगरपालिका–५ का अमृत डोबालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला सदरमुकाम खलंगाको रिङ्नताल नजिक साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालका उपचारका क्रममा जिल्ला अस्पतालका मृत्यु भएको हो ।


तीव्रगतिमा साइकल सडकको भित्तामा ठोकिँदा डोबालको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल पु¥याएको केही समयमै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।