खाेज्नुहाेस

अत्तरियामा युवकमाथी चक्कु प्रहार गर्ने गिरोहका ११ जनाको नाम सार्वजनिक

Image

अत्तरिया – कैलालीको अत्तरियामा युवकमाथी चक्कु प्रहार गर्ने गिरोहका ११ जनाको नाम सार्वजनिक गरेको छ । प्रहरीले गोदावरी नगरपालिका– ४ मा शुभम् होटलमा नास्ता खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ का ३२ वर्षीय गौरव ऐर माथी धारिलो हतियार प्रहार गर्ने गिरोहका ११ जनाको नाम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेका ११ जनालाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का सन्नी भनिने २९ वर्षीय भीम नेपाली, १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी उपमहानगरपलिका–३ बस्ने १८ वर्षीय बिशाल बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, पुनर्वास नगरपालिका–१० बस्ने ३२ वर्षीय दिनेश बिक र ३२ वर्षकै अनिल बिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुुमार सिंहले बताएका छन ।

attariya hospital
navjiwan hospital

उनले घटनामा संलग्न रहेको अभियोगमा किटानी जाहेरी दिइएका ४ जना भने फरार रहेको बताए ।आइतबार राति होटलमा खाजा खाइरहेका गौरव ऐरमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार धारीलो हतियार प्रहार गर्ने गिरोहका ११ जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ऐरको भने भारतमा रुद्रपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट उनको हातको औँला काटिनुका साथै टाउको र घाँटीमा चोट लागेको छ ।

ऐरमाथि धारिलो हतियार प्रहार गर्ने गिरोह कोब्रा सरकारका नाममा समूह बनाएर कैलालीमा गुण्डागर्दीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।