खाेज्नुहाेस

कञ्चनपुर प्रशासनले भन्यो : सुदूरपश्चिममा विपद्जन्य प्रभाव कम छ, भोलिदेखि सेवा सुचारु हुन्छ

Image

अत्तरिया – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भोलि (सोमबार) देखि सेवा सुचारु हुने जनाएको छ । प्रशासनले आइतबार एक सूचना जारी गृह मन्त्रालयको असोज १९ र २० गते (आइतबार र सोमबार) नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि सुदूरपश्चिममा विपद्जन्य प्रभाव कम परेकाले भोलि देखि सेवा सुचारु हुने जनाएको हो ।

navjiwan hospital

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा सुदूरपश्चिम प्रदेशमा विपद्जन्य घटना तथा मनसुनजन्य प्रभाव कम परेको हुँदा सर्वसाधारण सेवाग्राहीको सुविधालाई मध्यनजर गरी भोली असोज २० गते सोमबार देखि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू सुचारु हुने उल्लेख छ ।

attariya hospital

सूचनामा जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थाले समेत आ–आफ्ना कर्मचारीलाई समयमै सूचना प्रवाह गरी सेवा प्रवाह सुचारु गर्नु अनुरोध गरिएको छ ।