खाेज्नुहाेस

कञ्चनपुरमा घरपालुवा जनावरलाई खोप लगाइने

Image

कञ्चनपुर – कञ्चनपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले घरपालुवा जनावरलाई खोप लगाउने भएको छ । केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्न लागेको हो ।

navjiwan hospital

केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले घरपालुवा गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने बताए ।

attariya hospital

उनले जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको बताए । उनले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताए । विगतका वर्षझै यसवर्ष पनि खोरेत, पिपआर लगायतका खोप अभियान सञ्चालन हुने छन् ।