खाेज्नुहाेस

बेलौरीमा करारका कर्मचारी हटाउन जेन–जीको ताकेता

Image

कञ्चनपुर – कञ्चनपुरकोे बेलौरी नगरपालिकामा करारका कर्मचारी हटाउन जेनजी समुहका युवाले निरन्तर ताकेता गरेका छन । २४ भदौँमा कञ्चनपुर सहित देशभरका पालिका सहितका कार्यालय, वडा कार्यालय अन्य सरकारी एव निजी सम्पत्तिमा भौतिक क्षति पुर्याए पनि बेलौरीमा जेन–जीले शान्तिपूर्ण खबरदारी गरेका गरिरहेका हुन ।

navjiwan hospital

बुधबार पनि जेन–जी पक्षधर युवाहरुले टाउकोमा कालोपट्टी बाँधेर करारका कर्मचारी हटाउँदै पालिकामा हरेक कर्मचारी, तिनका शाखाले सामान खरिददेखि कमिसन खाने जस्ता संस्थागत भ्रष्टाचारमा लिप्त भएको भन्दै सुशासन कायमकोे माग अघि सार्दै आएका छन् ।

attariya hospital

जेन–जी समूहका अगुवा विष्णुदत्त अवस्थीले करारका कर्मचारी हटाउनुपर्नेदेखि संस्थागत भ्रष्टाचार रोकिनु पर्ने माग रहेको बताए । उनले करार कर्मचारीको सूची मागदेखि सुशासनको माग अघि सारेका छन् । तर, कर्मचारीले जेन–जी आन्दोेलनका कारण काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्य बाहेकका सेवा ठप्प पारेका छन् । बेनामी तथा हस्ताक्षर मात्रै भएको एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीमाथि लान्छाना लगाउने काम भएको भन्दै स्वास्थ्य बाहेकका सेवा ठप्प पारेको कर्मचारीहरुले घोषणा गरेका छन् ।