खाेज्नुहाेस

बझाङमा जेसिबी दुर्घटना हुँदा एक चालकको मृत्यु

Image
file photo

बझाङ – बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन ।

navjiwan hospital

सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए।

attariya hospital

चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएका छ्न ।