खाेज्नुहाेस

गोदावरी – ७ मा आगामी आर्थिक वर्षका लागि ८६ लाख १० हजार बजेट

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ७ ले आगामी आर्थिक वर्षका लागि ८६ लाख १० हजार बराबरको बजेट ल्याएको छ । वडाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ८६ लाख १० हजार ७८० रुपैया बराबरको बजेट ल्याएको हो ।

navjiwan hospital

मंगलबार सम्पन्न नवौ वडाभेलामा वडाध्यक्ष कलावती साउँदले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा नगरबाट पठाईएको बजेट सिलिङका आधारमा बजेट ल्याईएको बताईन । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ ५४ लाख १० हजार, सामाजिक र आर्थिक विकासतर्फ १०–१० लाख, सुशासन तथा संस्थागत विकासतर्फ १० लाख र विपद् व्यवस्थापनमा २ लाख विनियोजन गरिएको बताईन ।

attariya hospital

वडाभेलामा अध्यक्ष साउँदले चालु वर्षमा वडाले १० लाख ९५ हजार १८० रुपैयाँ राजस्व संकलन गरिसकेको जानकारी दिइन् । वडाध्यक्ष साउँदको सभापतित्वमा आयोजित वडाभेलाका प्रमुख अतिथि नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन । भेलामा राजनीतिक दल, सामाजिक संस्था, बुद्धिजीवी, महिला, युवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।