खाेज्नुहाेस

गोदावरी– ८ ले ल्यायो ९४ लाख २४ हजारको बजेट

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ ले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । वडाले मंगलबार वडाभेलाको आयोजना गर्दै आगामी आर्थिक वर्षका लागि नयाँ बजेट ल्याएको हो ।

navjiwan hospital

वडाभेलामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै वडाध्यक्ष गोबिन्द चौधरीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९४ लाख २४ हजार ८२३ रुपैयाको बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटमध्ये सबैभन्दा बढी भौतिक पुर्वाधार विकासमा विनियोजन गरिएको छ । भौतिक पुर्वाधार विकासतर्फ वडाले ६१ लाख २४ हजार रुपैया विनियोजन गरिएको वडाध्यक्ष चौधरीले बताए ।

attariya hospital

त्यसबाहेक सामाजिक विकासतर्फ १२ लाख, आर्थिक विकासतर्फ १२ लाख विपद् व्यवस्थापन तथा मागमा आधारित तर्फ २ लाख र सुशासन तथा संस्थागत विकासतर्फ ७ लाख ८२४ रुपैया बजेट विनियोजन गरिएको उनले बताए । वडाभेलामा वडाले यही वैशाख मसान्तसम्मको राजश्व संकलनको पनि विवरण प्रस्तुत गरिएको थियो । जसअनुसार वडाले सो अवधीसम्म १९ लाख १३ हजार २७८ रुपैया राजश्व संकलन गरेको छ ।