खाेज्नुहाेस

सुनको मूल्य हालसम्मकै उच्च

Image
file photo

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

navjiwan hospital

हिजो सोमबार प्रतितोला  एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला  दुई हजार ५० निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।