खाेज्नुहाेस

मौरीपालन व्यवसायमा जमेका बाजुराका नरजित, वार्षिक कारोबार ४ लाख बढी

Image

बाजुरा– बाजुराको हिमाली गाउँपालिका – ६ पाँडीका नरजित रावल मौरीपालन व्यवसायमा जमेका छन । दुर्गम क्षेत्रका रुपमा रहेको पाडीमा रावलले मौरीपालनबाटै मनग्य आम्दानी गरीरहेका छन । पाँडीमा मात्रै रावलले १११ घार स्थानीय जातको मौरी पालन व्यवसाय गरेका छन । जसबाट उनले वार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन ।

navjiwan hospital

अहिले ६९ वर्ष उमेर पुगेका रावल १४ वर्षको उमेर देखी नै मौरीपालनमा लागेको बताउँछन । घरमा परम्परागत रूपमा बाजे र बुवाले पनि मौरी पालन व्यवसाय गरेकाले त्यसबाट प्रभावित भएर आफूले पनि सो व्यवसाय सुरु गरेको उनले बताए । परम्परागत मुडाबाट निर्मित करिब एक सय भन्दा बढी मौरी घारमा उत्पादन हुने मह अर्गानिक र जडिबुटीयुक्त हुने उनको भनाई छ । जसका कारण ग्राहक खरिद गर्न घरमै आउने गरेको समेत रावलले बताए । अर्गानिक मह उत्पादन गर्ने भएका कारण पनि आफूलाई बिक्रिवितरणमा समस्या नभएको उनी बताउँछन ।

attariya hospital

उनले पछिल्लो समय विदेशमा पनि आफ्नो महको माग बढेको बताए । गाउँमै व्यवसाय गरेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा अहिले रावल देखिएका छन । सरकारी निकायबाट आधुनिक मौरी पालन तालिमको व्यवस्था गरिदिएको खण्डमा मौरी पालन व्यवसायलाई थप वृद्धि गर्ने र गाउँका अरु युवालाई समेत रोजगारी दिने रावलको चाहना छ ।