खाेज्नुहाेस

डिप्रोक्सको २४औ स्थापना दिवस : एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित

Image

अत्तरिया– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परासीले एसइई परिक्षामा उत्कृष्ट अंक प्राप्त गरेका सदस्यका छोरालाई सम्मान गरेको छ । कार्यालयले संस्थाको २४औ स्थापना दिवसको अवसरमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने केन्द्र नं. ४२ अन्तर्गत रामग्राम नगरपालिकाकी सदस्य लालमति नाउका छोरा पवन कुमार ठाकुरलाई सम्मान गरेको हो ।

navjiwan hospital

मंगलबार ठाकुरलाई शाखा प्रबन्धक खेमराज ओझाले नगद सहित प्रमाणपत्रले सम्मानित गरेका हुन । संस्थाले आफ्ना सदस्यहरूका परिवारलाई शिक्षामा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको शाखा प्रबन्धक ओझाले बताए । उनले उक्त कार्यले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने तथा अभिभावकलाई शिक्षामा लगानी गर्न उत्साहित गर्ने विश्वास लिएको बताए ।

attariya hospital

संस्थाले वित्तीय सेवाका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, महिला सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन तथा समुदाय विकासमा योगदान पु¥याउनका लागि विभिन्न किसिमका कार्यहरु गर्दै आईरहेको शाखा प्रबन्धक ओझाले बताएका छन ।