
स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य परिवर्तन देखिएको छ। बुधबार एक हजार ९४० रुपैयाँ पुगेको चाँदी आज एक हजार ९४५ पुगेको महासंघले जानकारी दिएको छ।

















