खाेज्नुहाेस

डोटीमा लागू औषध सहित एक युवक पक्राउ, कारोबारी भएको आशंकामा थप २ जना समातिए 

Image
file photo
अत्तरिया – डोटीमा लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार साँझ दिपायल सिलगढी नगरपालिका – ४ पिपल्ला बजारमा चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका – २ दिपायल का ३० वर्षीय कमल अग्रवाल पक्राउ परेका हुन । उनको साथबाट ०.४२० ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
attariya hospital
navjiwan hospital
प्रहरीका अनुसार कमललाई सोधपुछ गर्दा आदर्श गाउँपालिका – ५ का २२ वर्षीय दिनेश रोकायाबाट किनेको भनेर जानकारी दिएपछि उनी दिपायल सिलगढी – ४ देहिमाण्डौ घर भई पिपल्लामा कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहराको कोठामा फेला परेका थिए ।
प्रहरीले सँगै कोठामा फेला परेका दुवै जनालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।