खाेज्नुहाेस

नेप्सेमा १०.४१ अंकको गिरावट

Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.४१ अङ्कले घटेर २,६४३.९३ बिन्दुमा कायम भएको छ। ३१८ कम्पनीका १.५७ करोड कित्ता शेयर ९.१२ अर्ब रुपैयाँ बराबरमा कारोबार भएका छन्।

navjiwan hospital

विकास बैंक, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहमा सामान्य वृद्धि भए पनि वित्त समूह सबैभन्दा धेरै ४.७६% घटेको छ। उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ, जबकि बोटलर्स नेपाल, एनआईसी एसियो डिभेञ्चर, डोल्टी पावर, र जानकी फाइनान्सको शेयर नकारात्मक सर्किट लागेको छ।

attariya hospital

सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंक (३९.५३ करोड) र सबैभन्दा बढी शेयर कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी (४.११ लाख कित्ता) को भएको छ।