अत्तरिया – नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा रमेश ताम्राकार मनोनीत भएका छन् । उनलाई संघका केन्द्रीय अध्यक्ष लोक बहादुर विश्वकर्माले प्रदेश अध्यक्षमा मनोनीत गरेका हुन् ।

कैलाली क्षेत्र नम्बर ४ को कांग्रेस पूर्व क्षेत्रीय कोषाध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि रहेका ताम्राकारलाई नेपाल दलित संघको विधान अनुसार प्रदेश अध्यक्षमा मनोनीत गरिएको केन्द्रीय अध्यक्ष विश्वकर्माले बताएका छन् ।

ताम्राकार कैलालीको गोदावरी नगरपालिका – १० निवासी हुन । नेपाल दलित संघको पूर्व केन्द्रीय सदस्य रहिसकेका ताम्राकार हाल हाल ग्वासी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका छन् ।



















