
काठमाडौँ – नेपाली बजारमा सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । सुन तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ । आइतबार एक लाख ५५ हजार रुपैयाँमा रहेको सुनको मुल्य आज एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार आठ सय ३० रुपैयाँ निर्धारण भएको छ ।
















