
धनगढी – कैलालीको धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ । सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कन ‘पोटली फुड्स’ सञ्चालनमा ल्याइएको हो ।
‘पोटली फुड्स’ मा कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिइने व्यवस्थापक माधव रोस्याराले बताए । उनले पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्जको पनि व्यवस्था रहेको छ ।
















