खाेज्नुहाेस

कैलालीमा अफ्रिकन स्वाइन फिभरका कारण ३८ बंगुर मरे

Image

कैलाली- अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका ३८ बंगुर मरेका छन्।

navjiwan hospital

पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यका अनुसार, बंगुर मर्न थालेपछि धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। रोगको थप पुष्टि त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षणबाट गरिएको थियो।

attariya hospital

हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ र एक भाले बंगुर मरेका छन्। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको जोखिम उच्च रहेको बताइएको छ।

अफ्रिकन स्वाइन फिभर भाइरसबाट फैलिने महामारी हो, जसले बंगुर र बँदेललाई संक्रमित बनाउँछ।