काठमाडौं – अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ।

बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङका अनुसार एक तोला सुन आज रु एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ।
















