खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त

Image
मनोनित सदस्यलाई सपथ खुवाउदै उपाध्यक्ष राना

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको निति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छिन । मुख्य मन्त्री कमलबहादुर शाहले रानालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन ।

navjiwan hospital

मुख्यमन्त्री शाहले थप २ जनालाई आयोगको सदस्यमा नियुक्त गरेका छन । जसमा शेर बहादुर भण्डारी र हिरा चन्द रहेका छन । द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधि प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । रानाथारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पनि हुन् । सदस्यमा नियुक्त भएका भण्डारी पनि नेपाली कांग्रेस निकट हुन् । अर्का सदस्य चन्द भने नेकपा एमाले निकट हुन् । मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्वय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् ।

attariya hospital

यसअघि उपाध्यक्ष गणेश विक थिए भने सदस्यहरूमा डा. जगरसिंह रावल र दीपिका भट्ट थिए । विक नेकपा एकीकृत समाजवादी निकट हुन् । तत्कालीन गठनादेश खारेज गरेर नयाँ गठनादेश अनुसार उपाध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।

यसअघि उपाध्यक्षसहित तीन सदस्य रहेको प्रदेशको नीति तथा योजना आयोग अब पाँच सदस्यीय भएको छ । उपाध्यक्ष र दुई सदस्य नियुक्त भएपछि अब थप दुई सदस्य नियुक्त हुने छन् । नयाँ नियुक्त हुने सदस्य पनि भागबन्डामै टुंगीने बताइएको छ ।