खाेज्नुहाेस

अनेरास्ववियूद्वारा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा एकाइ कमिटी गठन

Image

अत्तरिया – नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले आज दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा २५ सदस्यीय एकाइ कमिटी गठन गरेको छ। निर्मला भट्टको अध्यक्षतामा गठन भएको कमिटीमा उपाध्यक्षमा भावना खत्री, सचिवमा निराज मर्णी र मनिषा विष्ट चयन भएका छन्।

navjiwan hospital

कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष रमेश बोहरा, संगठनका कैलाली जिल्ला इन्चार्ज मोहन जोशी, जिल्ला सचिवालय सदस्य प्रेम जोशी, सुदूरपश्चिम विश्वविद्यालय कमिटी अध्यक्ष सुनिल जोशी, पार्टी जिल्ला सचिवालय सदस्य शिव विक, पार्टी जिल्ला सदस्य लक्ष्मण बोगटी, नेकपा एकीकृत समाजवादी गोदावरी नगर सचिव तथा क्याम्पस स्ववियु सदस्य किरण आले र नगर सदस्य अशोक कुमार सिग्देल लगायतको उपस्थिति रहेको थियो।

attariya hospital

स्ववियु सदस्य किरण आलेले संगठनले निरन्तर विद्यार्थीहरूको हितमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।