खाेज्नुहाेस

सुनको मूल्य ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Image
navjiwan hospital

काठमाडौँ- बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो । चाँदीको मूल्यमा भने घटबढ भएको छैन । आज चाँदीको मूल्य हिजोजस्तै तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital