खाेज्नुहाेस

धनगढीमा ‘शनिवारे’ मेला शुरु

Image

धनगढी – कैलालीको धनगढीमा ‘शनिवारे’ मेला शुरु भएको छ । महिलालाई स्वरोजगार बनाउने उद्देश्य स्वरुप धनगढी उपमहानगरपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गर्दै ‘शनिवारे’ मेला औपचारिक रुपमा शुरु गरेको हो ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–१ पार्कमोडमा मेलाका ६० वटा स्टल राखिएका छन् । प्रत्येक शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए । ज्ञान, सिप कला भएरपनि ब्यवसाय गर्न नसकिरहेका धनगढी उपमहानगरपालिका भित्रका महिलाहरुलाई लक्षित गरेर मेला शुरु गरिएको उनले बताए ।

attariya hospital

‘महिलाहरु आफैले उत्पादन गरेका बस्तुहरु, परम्परागत तथा मौलिक खानेकुराहरु, थारु, नेवारी, डोटेली लगायत हरेक जातजाती र क्षेत्रमा पाक्ने खानपिनका परिकार यो मेलामा हुने छन्’ उनले भने ‘यसका साथै महिलाहरुमा भएको सिप कलालाई बजारमा ल्याउने, लोप हुँदै गएको संस्कृतीको जगेर्ना पनि मेलाको उद्देश्य रहेको छ, यो सगैं घरमै तयार पारिएका सामग्री बिक्रि गरेर महिलाहरु आत्मनिर्भर बन्द जाने छन् ।’

घरमै बुनेको ढाकाको झोला, घरमै बनाएको धुप, दुना टपरी, बुनेका समानहरु सहित खाद्य परिकार गरी ६० स्टल रहेको उनले बताए ।