खाेज्नुहाेस

घोडाघोडीमा नदीजन्य पदार्थको रोयल्टी उठाउने ठेकेदार पाउन मुस्किल

Image

घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिँगे झालाखोलाको एकमुस्ट पटक पटक ठेक्का आह्वान गर्दा पनि हालसम्म ठेक्का लाग्न सकेको छैन ।

navjiwan hospital

घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले असोज १ देखि रोयल्टी उठाउने गरेर ठेक्का आह्वान गर्दा पनि कसैको ठेक्का नपरेको बताए । स्थानीय तहले दुई÷दुई वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कनपछि नदीजन्य पदार्थ उत्खननका लागि ठेक्कामा दिने गरेका छन । घोडाघोडीमा यस वर्ष वातावरण मूल्याङ्कन प्रभाव अध्ययनपछि उत्खननको परिमाण बढेपछि गत वर्षभन्दा झन्डै दोब्बर रोयल्टी सङ्कलनको अपेक्षासहित ठेक्का आह्वान गरिएको नगरपालिकाले जनाएको छ ।

attariya hospital

निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहले गत वर्ष एक लाख ६२ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि चार करोड रुपियाँमा ठेक्का दिएको जनाउँदै यस वर्ष तीन लाख ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि आठ करोड रुपियाँमा ठेक्का आह्वान गर्दा कसैको ठेक्का नपरेको बताए ।